Birendranagar Municipality

नोवेल शान्ति पुरस्कार विजेता सुकीको निवासमा बम आक्रमण

सेरोफेरो
नोवेल शान्ति पुरस्कार विजेता सुकीको निवासमा बम आक्रमण

१८ माघ । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।


उहाँको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ ।


पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको बताइएको छ । प्राप्त समाचारमा जनाइए अनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।


राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने– उहाँको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।


आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।


विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन ।

 

विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उहाँको नै बढी आलोचना भएको थियो ।


एजेन्सी

२०७४ माघ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्