२५ कार्तिक । विश्वभरि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्याको आधारमा नेपाल ३४ औं स्थानमा परेको छ ।
विश्वभर सङ्क्रमितको संख्या पाँच करोड नाघ्दा नेपाल ३४ औं स्थानमा परेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नजिक पुग्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२.५७ लाख मानिसको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको जनाएको छ।
यसैगरी नेपालमा १,१२६ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
दक्षिण एशियामा भारतपछि सङ्क्रमितको सङ्ख्याका आधारमा बाङ्ग्लादेश, पाकिस्तान र नेपाल छन्। दशिण एशियामा सवैभन्दा कम संङ्क्रमित भएको मुलुक भुटान रहेको छ । त्यसपछि माल्दिभ्स र श्रीलंका रहेका छन् ।
प्रतिकृया दिनुहोस्