Birendranagar Municipality

१० महिनादेखि हराएको बालक खोजिदिन आग्रह

रत्न भण्डारी रबिन/हुम्ला

१८ माघ । गएको बैशाख २६ गते सदरमुकाम सिमकोटबाट हराएका एक बालकको अवस्था हालसम्म पनि पत्ता लाग्न सकेको छैन । खार्पुनाथ गाउँपालिका २ राया गाउँका जैदन रावलका छोरा १३ बर्षिय विजय रावल विद्यालयको पोशक ल्याउन सिमकोट गएको बेलादेखि बेपत्ता छन् ।

 

बुबा जैदन रावलका अनुसार सिमकोट गाउँपालिका ५ निवासी कपिल रावत र चंखेली गाउँपालिका २ निवासी शक्ति बोहराले आफ्नो छोरालाई ललाइफकाई बैशाख २७ गते दिउँसो १ बजे तारा एयरको जहाज बाट नेपालगन्ज पठाएको दाबीसहित छोरो खोजिदिन जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका छन् ।

 

प्रहरी निरीक्षक विष्णुबहादुर सिहले भने बालकको खोजी कार्य जारी रहेको बताए । तर, घटनाका आरोपीलाई प्रहरीले हालसम्म पक्राउ नगर्नुले आशंका उब्जेको रावलले बताए ।

२०७४ माघ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्