Birendranagar Municipality

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता

सेरोफेरो
एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता

१८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता सम्पन्न भएको छ । 'नेपालका मित्र'हरु भेट्न बिहिबार काठमाडौं ओर्लेकी स्वराज र ओलीले करीब ४५ मिनेट वान टु वान वार्ता गरेका थिए ।

 

भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले स्वराज हाम्रो पाहुना भएर आएको बताएका छन् भने स्वराजले आफ्नो कुनै ठोस एजेण्डा नभएको तर नेपालका मित्रहरुलाई भेट्न आएको बताएकी छन् ।

 

बाम गठबन्धनको सरकार बन्न लागेको सन्दर्भमा स्वराजको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनको यस भ्रमणले नेपाल भारत सम्बन्ध थप सुमधुर हुन सक्ने पनि बताइएको छ ।

 

स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोजको आयोजना गरेको छ । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ ।

२०७४ माघ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्