Birendranagar Municipality

औषधी बाटोमा रोकीयो, डोल्पामा औषधी अभाव

रुपलाल बोहोरा/डोल्पा
औषधी बाटोमा रोकीयो, डोल्पामा औषधी अभाव

१९ माघ । दुई महिना देखी औषधी सदरमुकाम नपुग्दा डोल्पा जिल्लामा औषधी अभाव देखिएको छ । जिल्ला आयुर्वेद कार्यालय डोल्पामा आउने आउने औषधी लामो समय देखी रुकुम र डोल्पाको सिमाना मा पर्ने त्रिबेणीमा रोकीएको हो । जिल्लामा आयुर्वेद कार्यालयले ४ महिना अगाडी खरिद गरी ल्याएको औषधी सकिदा औषधी अभाव देखिएको छ ।

 

ग्याष्ट्रिकको औषधी लिनका लागी आफु कार्यालयमा तिन पटक पुगेको र यस पटक पनि औषधी नपाएको ठुलीभेरी नगरपालिका की ३० बर्षिया लक्ष्मी शाहीले गुनासो गरिन् ।
खरिद गरेको औषधी कार्यालयमा आउन नसकेको र उपलब्ध औषधी पुगेजती दिने गरेको जिल्ला आयुर्वेद कार्यालयका निमित्त प्रमुख सुरेशकुमार सहानी बताए । हामीकहाँ नभएको औषधी मेडिकलबाट लैजान समेत भन्ने गरेको छौ ।

 

जिल्ला बाहिर रहनु भएका कार्यालय प्रमुख दिपेन्द्र उपाध्यायले सेरोफेरो संग भने 'विभाग संग नियमित सम्पर्क गरिरहेका छौ, कार्गो गरी ट्रान्सफर गर्ने निकायवाट ढिला सुस्ती भएको जवाफ आफुले पाएको जनाए ।'

२०७४ माघ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्