Birendranagar Municipality

प्रदेश संसद अधिवेशनको तयारी तिव्र

सीता वली /सुर्खेत
प्रदेश संसद अधिवेशनको तयारी तिव्र

१९ सुर्खेत  । माघ २१ गते हुनलागेको प्रदेश नं ६ को प्रथम अधिवेशनको आवश्यक तयारी तिव्र रुपमा भइरहेको छ ।

प्रदेश सचिव भरत बहादुर ढुगांनाका अनुसार सभाका लागी तय गरिएको शैक्षिक तालिम केन्द्रको हलमा आवाज गुन्जिने समस्या भएपछि अस्थायी हलको रुपमा सिंचाई विकास डिभिजन कार्यालयमा तय गरिएको छ ।


अधिवेशनका लागी हल रंगरोगन, बसाई व्यवस्था, पानी बत्ती, आवश्यक ड्रेसको समेत तयारीको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको उनले बताए । २० गते सम्म सम्पुर्ण तयारी पुरा गरिने कार्यालयले जनाएको छ ।


आवश्यक कर्मचारीहरु आइरहेको बताउंदै उनले जस्तोसुकै अवस्थामा पनि अधिवेशन सफल बनाउने प्रदेशसभा संसद सचिवालयका सचिब कृष्णहरी खड्काले बताएका छन् । उनले भने ‘अधिवेशनका लागी खटाएका कर्मचारी आईसकेका छैनन्, आवश्यक बजेटको अभाव छ । धेरै समस्याका बाबजुद पनि अधिवेशन सफल हुन्छ ।’ हल समेत सानो छ तर पनि एक सय जना जति हलमा व्यवस्थापन गर्न सकिने गरि तयारी भएको खड्काको भनाई छ ।


नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशनको आव्हावान गरेका हुन् ।

२०७४ माघ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्