१९ माघ । २७ औं राष्ट्रिय सिमसार दिवस शुक्रबार शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पामा पनि मनाईएको छ । दिगो शहरी भविष्यका लागि सिमसार भन्ने मुल नाराका साथ उक्त कर्यक्रम मनाइएको हो ।
कार्यक्रममा डोल्पामा रहेको शे फोक्सुन्डो तालको कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको शे फोक्सुन्डो राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ । डोल्पा वन्यजन्तु र जडीबुटी को हिसाबले अत्यन्तै धनी जिल्ला भएकोले यहाँको प्राकृतिक विविधताको संरक्षणमा सबैले ध्यान दिनुपर्ने सहायक संरक्षक अधिकृत प्रकाश उप्रतीले बताए ।
कार्यक्रममा १७ मध्ये ६ मध्यबर्ती व्यवस्थापन समितिका प्रतिनिधि, भूतपूर्व अध्यक्ष रामप्रसाद महत तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थिति रहेको थियो ।
क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठुलो ३५५५ बर्ग किमी रहेको यो निकुञ्जमा २१५ प्रजातिका चरा, ३५ प्रकारका स्तनधारी, सरीसृप ६ र २९ प्रकारका पुतली छन् ।
प्रतिकृया दिनुहोस्