२४ बैशाख, काठमाडौं– आज दिउँसो एक बजे बोलाईएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आगामी बैठक जेठ ४ गते बोलाइएको छ । आजै पत्रकार सम्मेलन गरी सभामुख ओनसरी घर्तीले सो को जानकारी दिएकी हुन् ।
हाल मुलुक गम्भीर परिस्थितिमा रहेकाले सबैले धैर्य गर्नुपर्ने उनले बताइन् । प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव सम्बन्धी रिटमा सर्वोच्चले सुनाएको निर्णयले संसदको विशेषाधिकार हनन भएको सभामुखको ठहर छ । उनले भनिन्–‘संविधानले सबै अंगको कार्य स्पष्ट गरेको छ । सबै संबैधानिक सीमाभित्र रहनुपर्छ ।’
संविधान संशोधनको विषयमा दलहरुबीच कुरा नमिलेपछि बैठक स्थगित गरिएको सचिवालयले स्रोतले जनाएको छ । बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस्