Birendranagar Municipality

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हुुम्लामा औपचारिक सेवा सुुरु

रत्न भण्डारी रबिन/हुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हुुम्लामा औपचारिक सेवा सुुरु

१९ माघ । कर्णाली अंचलमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक हुम्ला जिल्लामा विशेषज्ञ सेवा विस्तार गरेको छ ।

 

स्थापनाको पाँच वर्ष पछि प्रतिष्ठानले प्रदान गर्ने सेवामा आमा सुुरक्षा कार्यक्रम शुुक्रबारबाट हुम्लामा शुुरु गरिएको हो । शुुक्रवार प्रतिष्ठान र जिल्ला अस्पताल हुुम्लाले कार्यक्रम लागुु गर्न दुुई पक्षबीच सम्झौता गरेको जिल्ला अस्पतालका डाक्टर रन्जितकुुमार यादवले वताए ।

 

सेवाको शुरुवातसंगै पाठेघरको समस्यावाट पिडित ४ जना महिलाको सफल अप्रेसन गरिएको थियो । सम्झौतापत्रमा जिल्ला अस्पतालको तर्फबाट यादव र प्रतिष्ठानको तर्फबाट निर्देशक धर्मराज गोसाईंले हस्ताक्षर गरेका छन ।

 

यस संगै अब जिल्लामा बिशेषज्ञ डाक्टर सेवा शुरु गरिने पनि गोसाईंले बताए । हुम्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सकारात्मक भएको बताए ।

 

उक्त कार्यक्रममा सिमकोट गाँउपालिकाका अध्यक्ष पदमबहादुुर लामा, प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डाक्टर मंगल रावलको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानले ६ र ७ नम्वर प्रदेशका १३ जिल्लामा सेवा दिंदै आएको छ ।

२०७४ माघ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्