Birendranagar Municipality

प्रदेश ६ को 'रिहर्सल' बैठक शनिवार बस्दै

सेरोफेरो
प्रदेश ६ को 'रिहर्सल' बैठक शनिवार बस्दै

२० माघ । प्रदेश ६ को पहिलो बैठक माघ २१ गते बस्न लागेको छ । उक्त बैठकको तयारीको लागि रिहर्सल बैठक शनिवार २ बजे हुने प्रदेश सांसद सचिवालयले जनाएको छ । पहिलो बैठकबाट सभामुख चयनको मिति तोक्ने समेत तयारी भएको जनाइएको छ ।

 

आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो ।

 

२९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने सचिवालयले जनाएको छ ।

२०७४ माघ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्