Birendranagar Municipality

प्रदेश ६ को पहिलो सभा सम्पन्न

सेरोफेरो/सुर्खेत
प्रदेश ६ को पहिलो सभा सम्पन्न

२१ माघ । प्रदेश ६ को ऐतिहासिक प्रदेश सभा बैठक सम्पन्न भएको छ । मुलुक संघीयतामा प्रवेश गरेसंगै प्रदेश सभाको पहिलो बैठक आइतबार बसेको हो । 

 

उक्त ऐतिहासिक सभालाई नेकपा एमालेका यामलाल कंडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जीवनबहादुर शाही र राप्रपाकी सोसीला शाहीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले उपलब्ध स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् ।

 

जेष्ठ सदस्य हिमबहादुर शाहीले सभाको अध्यक्षता गरेका थिए । बैठकको शुरुमा उनले प्रदेश प्रमुखको सन्देश पढेर सुनाएका थिए । बैठकले प्रदेश सभा सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पारित गरेको छ ।


अर्को बैठक माघ २९ गते दिनको १ बजे बस्नेछ । संसद सचिवालयका अनुसार सोही दिन सभामुखको निर्वाचन समेत हुनेछ ।

 

यससंगै प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल र प्रदेश ७ को धनगढीमा पनि आजै ऐतिहासिक प्रदेश सभा बैठक सम्पन्न भएका छन् । प्रदेश ३ को हेटौंडामा माघ १८ गते पहिलो बैठक भएको थियो भने प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । 

२०७४ माघ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्