२१ माघ । दैलेखको दुल्लुमा माटोको खाल्डोभित्र पुरीएको अवस्थामा एक नवजात शिुशुको शव फेला परेको छ । दुल्लु नगरपालिका वडा नम्बर ४ स्थित शान्ति सिर्जना निमाविको नजिकै खाल्डोमा माटोले पुरिएको अवस्थामा शिशुको शव फेला परेको हो ।
शनिबार बेलुका घर लिप्ने माटो लिन गएका बेला स्थानीयबासीले माटो खन्ने खाल्डोमा शिशुको शव देखेपछि ईलाका प्रहरी कार्यालय दुल्लुलाई खबर गरेका थिए । प्रहरीको टोलीले शब निकालेर पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय दुल्लुका ईन्चार्ज श्यामराज अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार अछाम जिल्ला रहप घर भई हाल दुल्लुमा बस्दै आएकी किशोरी जमुना रावलले बच्चा जन्माई माटोको खाल्डोमा पुरेको पुष्टी भएको छ । शिशु जन्माउने जमुनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । रावल जमुना बिजया माध्यामिक बिद्यालय दुल्लुमा कक्षा १२ मा अध्यनरत छात्रा हुन् ।
अबैध सम्बन्धबाट शिशुको जन्म भई हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको भएपनि शिशु जन्माउने जमुनाले भने आफुले शिशुको जन्म दिएको तर हत्या भने नगरेको तर दावी गर्दै आएकी छन् । शिशुको जन्म हुनासाथ मृत्यु भएका कारण आफूले डरले शब खाल्डोमा फालेको बताएकी छन् ।
प्रतिकृया दिनुहोस्