Birendranagar Municipality

हुम्ला लगायत हिमाली जिल्लाहरुमा हिमपात : जनजिवन कष्टकर

रत्न भण्डारी (रबिन)/हुम्ला
हुम्ला लगायत हिमाली जिल्लाहरुमा हिमपात  : जनजिवन कष्टकर

२३ माघ । हिमाली तथा उच्च पहाडी भुभागमा भारी हिमपात भएको छ । हुम्ला लगायत विभिन्न हिमाली जिल्लाहरुमा गएराति १२ः ३० लेखी हिमपात भएको हो ।

 

हिमपात संगै जनजिवन कष्टकर भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा १ फिट सम्म हिउँ जमेको छ । यसैगरी जिल्लाको उतरी भागहरु नाम्खा गाउँपालीका का अधिकांस गाउँहरु लिमी, हल्जी, चाला र मुचु यारी लगाएतका गाउँ हरुमा २ फिट सम्म हिउ जमेको स्थानीए बासी प्रेम तामाङले फोन मार्फत जानकारी दिए ।

 

उतरी क्षेत्रका सबै गाउँहरु को तापक्रम माइनस १० डिग्री भन्दा तल झरेको छ । हुम्ला जिल्लाका उतरी भागका गाउँहरु मा अहिले गाई बस्तु लगाएत मानीस हरु चिसोका कारण घर भन्दा बाहीर निस्कन नसकेको तामाङले बताए ।

२०७४ माघ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्