Birendranagar Municipality

दैलेख सास्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

सेरोफेरो/दैलेख
दैलेख सास्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

२३ माघ । दैलेख जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समारोह समितिले जानकारी दिएको छ ।

 

यही माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । पर्यटन, स्थानीय कला संस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका साथै अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सव मुल समाहरोह समितिका संयोजक गोविन्द केसीले बताए ।

 

महोत्सवमा चर्चित कलाकारहरु अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे (माग्ने बुढा), दुर्गेस थापा, एस कुमार, स्मृती शाही, दिलिप रायमाझी, ज्योती मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । उक्त महोत्सव ८ दिनसम्म चल्नेछ भने करीब १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

२०७४ माघ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्