२४ माघ । जिल्ला अदालत तथा उच्च अदालत सुर्खेतका माननिय न्यायाधीशहरुलाइ एक कार्यक्रमका विच वारले स्वागत गरेको छ । उच्च अदालत वार इकाइ र जिल्ला अदालत वार इकाइको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको अधिवत्ता नन्दबहादुर भण्डारीले जानकारी दिए ।
कार्यक्रममा उच्च वारका मुख्य न्यायाधीश हरिकुमार पोख्रेल तथा न्यायाधीशहरु जिवनहरि अधिकारी, यज्ञराज भट्ट, धिरबहादुर चन्द, टंकप्रसाद गुरुङ लाइ स्वागत गरिएको हो । यसैगरी जिल्ला अदालतका न्यायाधीशहरु मेदिनी प्रसाद पौडेल र धुर्वकुमार शाहलाइ समेत वारले स्वागत गरेको छ ।
कार्यक्रममा जिल्ला वार एशोसियसनका अध्यक्ष नन्दबहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धरले न्याय निरुपणमा वार र बेन्चविच सुमधुर सम्वन्ध आवश्यक रहेको बताए ।
कार्यक्रममा बौल्दै प्रमुख अथिति एवम् उच्च अदालतका मुख्य न्यायाधीश हरिकुमार पोख्रेलले कानुन व्यवसायीहरुले परिवर्तीत कानुनहरुको गहन अध्ययन तथा त्यस माथि व्यापक बहस गरी विधिशास्त्रलाइ समेत टेवा पुर्याउन लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रम उच्च अदालत वार एशोसियसनका अध्यक्ष उत्तमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्