२५ माघ । नेकपा एमालेको तर्फवाट प्रदेश ६ को संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य कँडेल दलको नेता बनेका हुन् । पोलिटव्यरो सदस्य एवम् सल्यान (ख) बाट प्रदेश सभा सदस्य समेत रहेका प्रकाश ज्वालाले कँडेललाई प्रस्ताव गरेका हुन् ।
प्रकाश ज्वालाको प्रस्तावमा प्रदेश सभा सदस्य करविर शाहीले समर्थन गरेका थिए । शाहीले समर्थन गरेपश्चात सवै सदस्यहरुले सर्वसम्मत अनुमोदन गरेको सांसद पदमा खड्काले जानकारी दिइन् ।
आजको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पदमलाल रोकायाले गरेका थिए ।
प्रतिकृया दिनुहोस्