Birendranagar Municipality

प्रदेश ६ बाट राष्ट्रिय सभाका बाम उमेदवार सबै विजयी

सेरोफेरो/सुर्खेत

२५ माघ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ६ बाट वाम गठबन्धनका सबै उमेदवार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रदेशका ८ वटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।

 

विजयी हुनेमा एमालेका नरपति लुहार, कविता बोगटी, नन्दा चपाई शर्मा, भैरव सुन्दर श्रेष्ठ र ठकेन्द्रप्रकाश पुरी छन् । यस्तै माओवादी केन्द्रका तर्फबाट कालीबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल लामा विजयी भएका छन् ।

 

कांग्रेसबाट उम्मेदवारी दिएका चारै जना पराजित भएका छन् ।

२०७४ माघ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्