Birendranagar Municipality

माओवादी केन्द्रका प्रज्वल बने प्रदेश ६ का संसदीय दलका नेता

सेरोफेरो/सुर्खेत
माओवादी केन्द्रका प्रज्वल बने प्रदेश ६ का संसदीय दलका नेता

२५ माघ । माओवादी केन्द्रबाट प्रदेश ६ का लागि महेन्द्र बहादुर शाही 'प्रज्वल' संसदीय दलको नेता चयन भएका छन् ।

 

बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको संसदीय दलको बैठकले शाहीलाई नेता चुनेको हो । केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष कृष्ण जिसीका अनुसार शाही सर्वसम्मत नेता चुनिएका हुन् ।

 

शाही कालिकोटबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीको दाबी गर्दै आएका शाहीलाई यससंगै बाटो खुलेको छ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रबाट जुम्लाका नरेश भण्डारीले पनि दाबी गर्दै आएका थिए । 

२०७४ माघ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्