Birendranagar Municipality

'एमाले माओवादी पार्टि एकता जनताले अनुमोदन गरेको विषय हो' : बस्नेत

सेरोफेरो
'एमाले माओवादी पार्टि एकता जनताले अनुमोदन गरेको विषय हो' : बस्नेत

२६ माघ । एमाले र माओवादी विचको पार्टि एकता छिट्टै टुङ्गोमा पुग्ने माओवादी नेता शत्तिबहादुर बस्नेतले बताए । एमाले र माओवादी विचको पार्टि एकता कसैको चाहानाका आधारमा भत्कने सम्भावना छैन । निर्वाचनको समयमा यो विषयलाइ जनताले अनुमोदन गरिसकेको उनको भनाइ छ ।

 

प्रेस सेन्टरले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्वर ६ को मुख्य मन्त्रीको रुपमा गठबन्धनको सहमतीमा महेन्द्रबहादुर शाहीलाइ अगाडी सारिएको समेत बस्नेतले जानकारी दिए ।

 

उनले भने "पार्टिको तर्फवाट यस प्रदेशको संसदीय दलको नेता तथा मुख्यमन्त्रीको रुपमा शाहीलाइ सर्वसहमतीले अगाडी सारिएको हो ।" उनले अव बन्ने प्रदेश सरकारले यस क्षेत्रको आर्थिक, सामाजिक पक्षको विकास गर्दे यस क्षेत्रको गरिवीलाइ अन्त्य गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए ।

 

२०७४ माघ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्