२६ माघ । ६ नम्वर प्रदेश स्तरीय औधोगिक व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ को शुक्रवार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश नम्वर ६ का प्रमुख दुर्गा केशर खनालले गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले प्रचुर सम्भावना बोकेको यो प्रदेशका नागरीकहरुलाइ प्रकृतिक स्रोत साधन तथा कृषि र पर्यटनको विकासवाट जिवनस्तर माथि उठान सवै लाग्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य सीता नेपालीले अवबन्ने प्रदेश सरकारले जल, जमिन, जडिवुटी र जंगलको परिचालनवाट गरिबी घटाउनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाहीले कृषि र पशुपालनको व्यवसायीकरणबाट गरिबीलाइ अन्त्य गर्न सकिने भन्दै सवै जनप्रतिनिधिहरु एक भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश प्रमुख दुर्गा केशर खनालले यहाँको स्रोत साधनको अधिकतम परिचालनबाट यो प्रदेशमा रहेको गरिवीलाइ अन्त्य गर्न तिन तहको सरकारले भुमीका खेल्नुपर्नेमा जोड दिए ।
उद्योग बाणिज्य संघ प्रदेश नम्वर ६ का अध्यक्ष पदमबहादुर शाहीले भुगोलमा ठुलो र चुनौती पनि ठुलो भएको प्रदेशमा प्रचुर सम्भावना रहेकाले लगानीको वातावरण सृजना गर्न सरकारलाइ आग्रह गरे । आज बाट शुरुभएको महत्सव फाल्गुन ८ गते सम्म संचालन हुने प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले जनाए ।








प्रतिकृया दिनुहोस्