Birendranagar Municipality

दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा कुलबहादुर विक निर्वाचित

सेरोफेरो/दैलेख
दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा कुलबहादुर विक निर्वाचित

२७ माघ । दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलवहादुर बिक निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी नरेन्द्रबहादुर थापालाई हराई निर्वाचित भएका हुन् ।

 

निर्वाचन संयोजक सुरेन्द्रकुमार अधिकारीका अनुसार उनको समूहबाट १३ सदस्य निर्वाचित भएका छन् । जसमा गोबिन्द कार्की, झविराज खत्री (कवि), देवेन्द्र केसी, पदम बुढा, परे खड्का, पूर्णप्रसाद पाण्डे, यज्ञप्रसाद रेग्मी, योगेन्द्रप्रसाद सिग्देल, रुपक थापा, भक्तबहादुर रावत, राजेश हमाल र शन्देश कुमार श्रेष्ठ (शैलेश) छन् भने महिलातर्फ राधा ज्ञवाली निर्वाचित भएकी छन् ।

 

यसैगरी थापा समूहबाट अशोक थापा, कृष्णप्रसाद श्रेष्ठ र राजु खड्का सदस्यमा निर्वाचित भएका छन् ।

 

संघको आठौं अधिवेशन बिहिबार र शुक्रबार चलेको थियो ।

२०७४ माघ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्