Birendranagar Municipality

विस्थापित हुँदै खच्चड व्यावसाय

रत्न भण्डारी (रबिन)/हुम्ला
विस्थापित हुँदै खच्चड व्यावसाय

२७ माघ । केही समय अघिसम्म कमाइको गतिलो स्रोत रहेको खच्चड व्यावसाय विस्थापित हुँदैछ । मोटरबाटो पुगेसंगै हिमाली जिल्ला हुम्लामा यातायातको साधनको रुपमा खच्चडको माग घटेको हो ।

 

सदरमुकाम सिमकोटबाट उत्तर दक्षिण मोटरबाटो निर्माण भए लगत्तै ट्याक्टर तथा बोलेरो गाडीले खच्चड व्यावसायलाई बिस्थापित गरेको हो । एक वर्ष अघिसम्म खच्चडबाट दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेकोमा अहिले खच्चडको खासै माग नभएको व्यावसायी भिमबहादुुर शाहीले बताए ।

 

उनले भने, 'मोटरबाटो बन्नु खुशीको कुरा हो तर पुरानो पेशा धरापमा पर्‍यो ।' सिमकोटमा काठ, ढुुङ्गा, दाउरा, वालुुवा लगाएतका सामान ढुवानी गर्न उनले खच्चड पालेका छन् । चीनको ताक्लाकोटबाट खच्चडमा सामान ओसार्ने सेते लामाले भने, 'अब यो पेसाको बिकल्प रोज्नुु पर्ने अवस्था आयो ।' 

 

एउटा खच्चडको एक लाख २० हजार र गधाको ४० हजार मोल रहेको छ । यति धेरै लगानी गरेर पनि पेशा धरापमा परेकोप्रति खच्चड ब्यावसायीहरु चिन्तित बनेका छन् ।खच्चड व्यवसायी संघ हुम्लाका अध्यक्ष कुुलबहादुुर रावतले पेशा धरापमा परेकोमा चिन्ता व्यक्त गरे । जिल्लामा दुुईसय भन्दा बढी गधा तथा खच्चड ब्यवसायी रहेका छन् ।

 

पछिल्लो समय नेपालगंज र सुुर्खेतबाट हेलिकोप्टर रिर्जभ गरी सिमकोटमा सामान लैजाने गरिएको छ । जिल्लाभित्रै ढुवानीका लागि ३ वटा वोलेरो जीप र ६ वटा ट्याक्टर लगिएको छ ।

२०७४ माघ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्