२७ माघ । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् ।
दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएका छन् भने घाइते भएका चालक निराजन यादवलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले दिएको जानकारी अनुसार कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस्