२८ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ८ खजुरास्थित जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिवार राती बम विष्फोट गराएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको अनुमती पाएको भारतीय कम्पनी जिएमआरमा शनिवार करिव १०ः ४५ मा बम विष्फोट गराइएको हो ।
कार्यालयको सुरक्षाको लागि बनाइएको पोष्टमा बम विष्फोट गराइएको छ । जसका कारण पोष्ट र पर्खालमा सामान्य क्षति पुगेको छ । विष्फोटमा कुनै मानविय क्षति भने भएको छैन । गएराती सुर्खेत लगायतका क्षेत्रमा बत्ति नभएको समयमा विष्फोट गराइएको हो ।
घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्