Birendranagar Municipality

प्रदेश ६ को सभामुख राजबहादुर शाही बन्ने पक्का

सेरोफेरो
प्रदेश ६ को सभामुख राजबहादुर शाही बन्ने पक्का

२८ माघ । प्रदेश नम्वर ६ को सभामुखमा राजबहादुर शाही बन्ने निश्चित भएको छ । दैलेख क्षेत्र नम्वर २ (ख) बाट निर्वाचित शाहीलाइ एमालेले सर्वसहमतीका साथ अगाडी सारेको हो । प्रदेश नम्वर ६ मा माओवादी केन्द्रलाइ मुख्य मन्त्री र एमालेलाइ सभामुख भाग परेको हो ।

 

२९ गते प्रदेश सभाको दोस्रो बैठक बस्ने र सभामुख चयन गर्ने कार्यसुची रहेकोले एमाले आइतवार शाहीलाई सर्बसम्मत उम्मेदवार  बनाएको हो । सर्बसम्मत रुपममै राजबहादुर शाहीलाई सभामुखको उम्मेदवार चयन गरिएको एमालेका पोलिटव्युरो सदस्य तथा सांसद प्रकाश ज्वालाले जानकारी दिए । 'मेरो प्रस्तावलाइ सांसद महेन्द्र शाहीले समर्थन गरेपछि राजबहादुरको नाम सर्बसम्मत भएको हो' सांसद ज्वालाले बताए ।


सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको थियो ।

 

२०७४ माघ २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्