२९ माघ । अभिनयको क्षेत्रमा छोटोे समयमै चर्चा कमाउन सफल नवीन वलीले दुई दर्जन जति म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका ८ घर भएका नवीनले मोडलिङ क्षेत्रमा प्रवेश गरेको धेरै समय भएको छैन । उनले एघार महिनामै १९ गीतमा मोडलिङ गरिसकेका छन् ।
सुर्खेतकै सञ्चारकर्मी एवं गीतकार नवराज शर्माको आउनु है माया बोलको लोकदोहोरीबाट करिअर शुरु गरेका वलीको एक पछि अर्को गरी धमाधम म्युजिक भिडियो सार्वजनिक भईरहेका छन् । यही साता भित्रमा उनको नयाँ भिडियो सार्बजनिक भएको छ । खेमराज वलीको शब्द र स्वर रहेको तिम्लाई सम्झी रुँदा बोलको गीतमा उनले अभिनय गरेका हुन् । रमेश विजीको लय तथा मानबहादुर वलीको छायाँकनमा रहेको उक्त म्युजिक भिडियोको निर्देशन चन्द्र मन्दिरले गरेका थिए ।
यस लगत्तै उनले नवीन पुरीको झ्याउरे गीतमा पनि मोडलिङ गर्दैछन् । सुर्खेतकै चर्चित कलाकार टिका पुन र शिव संगीतको स्वर रहेको उक्त गीत पनि छायाँकनको अन्तिम तयारीमा छ । म्युजिक भिडियोमा चर्चा कमाउँदै आएका वलीले अझै उचाई हासिल गर्दै छन् । उनी अब छिट्टै नै चलचित्रमा समेत देखिने छन् । लालबहादुर जिएमले निर्माण गर्न लागेको चलचित्र मिसन मार्फत उनी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । वली भन्छन्, म्युजिक क्षेत्रमा अभिनय गरिरहेको थिएँ, लालबहादुर जिएमले फिल्म गरौँ भन्नुभयो । अब छिट्टै फिल्मको पनि छायाँकन हुँदैछ । म्युजिक भिडियोमा अभिनय गरेको अनुभवलाई चलचित्रमा पनि सदुपयोग गर्नेछु ।
कलाकारीता मार्फत सुर्खेत र प्रदेश नम्बर ६ लाई र देश तथा विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको वली बताउँछन् । सशस्त्र प्रहरी बलमा कार्यरत वलीको कलाकारिता शोखको विषय पनि हो । ड्युटीभन्दा बाहिरको समय उनी कलाकारिता क्षेत्रलाई दिएका छन् । म्युजिक भिडियोको साथसाथै उनले आफ्नै गीति एल्वम पनि बजारमा ल्याउने तयारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्