२९ माघ । माघको अन्तिम साता मुगु लगायत कर्णाली क्षेत्रको उच्च भागमा पुनः हिमपात भएको छ । कर्णालीका उच्च भुभागमा हिमपात भएको छ भन तल्लो भुभागमा लगातार बर्ष भएको छ ।
लगातारको चिसोले कर्णालीको जनजीवन निकै कष्टकर बनेको छ । ढिलै भएपनि हिउसंगै पानी परेपछि भने कृषकहरु खुसी भएका छन् । खडेरीले गर्दा हिउँदे बाली उत्पादन नहुने आशंका गरिएको थियो । अब भने स्याउ, गहुँ, जौ लगायतका वाली सप्रने स्थानियबासीले आशा गरेका छन् । सम्बन्धित सरोकारवाला निकायले कृषकहरुलाई थोरै भएपनि हिउको पानी हिउँ पोखरीमा जम्मा आग्रह गर्न गरेको छ ।
२ दशक अघिसम्म ७ फिट हिउँ पर्ने कर्णालीमा अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन थालेसंगै थोरै मात्रामा हिउँ पर्न थालेको छ । मुगु सहित कर्णालीका अन्य जिल्ला डोल्पा, हुम्लामा पनि उच्च हिमपात भएको छ । हिउँ परेसगै चीनसंग जोडिएको हुम्लाको हिल्सा नाका यस अघि नै बन्द भईसकेको छ ।
कर्णालीका सबै जिल्लामा हिउँसंगै पानी पर्ने सम्भावना रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुुसार दुुई तीन दिन भित्रै मौसममा सुधार आउने छ । देशका पहाडी तथा हिमाली भेगमा दुई दिनसम्म लगातार बर्षा हुनसक्ने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
कष्टकर दैनिकी
शनिबार देखि मौसममा बदली आएसंगै मुगुमा जनजीवन निकै कष्टकर बनेको छ । उच्च भुभागमा भारी हिमपात तथा लल्लो भागमा वर्षाका कारण जनजीवन कष्टकर बनेको हो । जसका कारण यहाँको दैनिकी नै प्रभावित भएको छ ।
हिमपातका कारण जिल्लाका मुगुम कार्मारोङ्ग, सोरु र खत्याड गाउँपालिका बढि प्रभावित भएका छन् । चिसोका कारण मुगुम कार्मारोङ्गका सबै विद्यालय बन्द गरिएका छन् भने जिल्लामा शैक्षिक सस्था, सरकारी कामकाज, यातायात तथा मजदुरी गर्नेहरु मर्कामा परेका छन् ।
प्रतिकृया दिनुहोस्