२९ माघ । प्रदेश नम्वर ६ को सभामुखमा राजबहादुर शाही सर्वसहमतीबाट निर्वाचित भएका छन् । एमालेको तर्फवाट दैलेख क्षेत्र नम्वर २ (ख) बाट निर्वाचित शाहीलाइ एमालेका सांसद प्रकाश ज्वालाले प्रदेश सभाको सभामुख बनाइयोस भनि प्रस्ताव गरेका थिए ।
ज्वालाको प्रस्तावलाइ माओवादी संसदीय दलका नेता सांसद महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए । २०२६ साल मंसिर २९ मा ठाँटीकाँध गाउँपालिका ६ मा जन्मिएका शाही पूर्व जनप्रतिनिधि हुन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तोलीजोशी गाविसको अध्यक्ष निर्वाचित भएका थिए । उनले आइ कम पास गरेका छन् ।
उनले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सोमवार ४ बजे पद तथा गोपनियताको सपथ लिदैछन् ।
प्रतिकृया दिनुहोस्