२ फागुन । प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतबार दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहिबार सपथ लिने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस्