३ फागुन । वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् । गठबन्धनका नेताहरुले बिहिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका हुन् ।
वाम गठबन्धनको सहमति अनुसार एमालेले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वाम गठवन्धनको करिब दुई तिहाइ बहुमत छ ।
ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस्