Birendranagar Municipality

प्रधानमन्त्री देउवाले दिए राजीनामा

सेरोफेरो
प्रधानमन्त्री देउवाले दिए राजीनामा

३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । बिहिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

 

सम्बोधनमा उनले आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र यसले संविधान कार्यान्वयन भएको बताए । साथै नयाँ बन्ने सरकारले पनि आफ्नो सरकारले गरेका राम्रा कामको निरन्तरता दिनेमा आफू आशावादी रहेको उनले बताए । सम्बोधन अघि आजै देउवा सरकारको अन्तिम मन्त्रिपरिषद बैठक बसेको थियो ।

 

सम्बोधन लगत्तै देउवा आफ्नो राजीनामा पत्र राष्ट्रपतिलाई बुझाउन शीतल निवास गएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवा गएको जेठ २३ गते ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । प्रधानमन्त्रीका रुपमा यो देउवाको चौथो कार्यकाल हो ।

 

देउवाको राजीनामासंगै अब नयाँ सरकार बन्ने बाटो खुलेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिसकेको छ ।

 

राष्ट्रपतिले संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नसक्ने संबैधानिक प्रावधान बमोजिम आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । उनलाई नेकपा माओवादी केन्द्रको समेत समर्थन छ ।

 

सम्वोधन हेर्नुहोस् :

२०७४ फागुन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्