Birendranagar Municipality

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

सेरोफेरो
केपी ओली प्रधानमन्त्रीमा नियुक्त

३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई बिहिबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

 

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहिबार बिहान राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष शीतल निवासमा सपथ लिनेछन् ।

 

संविधान बमोजिम प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सांसद छन् ।

२०७४ फागुन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्