३ फागुन । प्रदेश नं ६ को मुख्यमन्त्रिमा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही नियुक्त भएका छन् । विहिबार प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमालेका १९ सांसद र नेकपा माओवादीका १३ सांसदको हस्ताक्षर सहीत मुख्य मन्त्री नियुक्त गरीयोस भनी दावी पेश भएको थियो ।
शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्ति गरि पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री शाहीले शुक्रवार गते ३ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्