Birendranagar Municipality

प्रदेश ६ को उपसभामुखमा घर्तीको दाबी

सेरोफेरो
प्रदेश ६ को उपसभामुखमा घर्तीको दाबी

४ फागुन । प्रदेश नं ६ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी पुष्पा घर्ती विष्टको मनोनयन दर्ता भएको छ । माओवादी केन्द्रका सांसद बनेका धर्मराज रेग्मी सांसद पुष्पा घर्ती प्रस्ताबक बनेका छन् भने नेकपा एमालेकी सांसद मिनासिंह रखालले उक्त प्रस्तावको समर्थक रहेकी छन् ।


उपसभामुखमा घर्तीको मात्र एकल उम्मेदवारी परेपछि उनीनै प्रदेश नं ६ को उपसभामुख हुने पक्का भएको छ । उपसभामुखको निर्वाचन फागुन ५ गते दिउसो १ बजे बस्ने बैठकबाट हुने छ ।

२०७४ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्