४ फागुन । प्रदेश नं ६ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख खनालले ‘म ईश्वरका नाममा शपथ लिन्छु की’ भन्दा मुख्यमन्त्री शाहीले जनताका नाममा शपथ लिन्छु भनेका थिए । त्यस्तै मुख्यमन्त्री शाहीले आजै पदभार ग्रहण समेत गरेका छन् । मुख्यमन्त्रीको आगमनको लागी मुख्यमन्त्री कार्यालयले भव्य तयारी गरेको मुख्यसचिब सुरेश प्रधानले बताए ।
उनले भने ‘मुख्यमन्त्रीका लागी आवास तथा गाडिको समेत व्यवस्था भईसकेको छ ।’ अन्य मन्त्रालयमा कर्मचारी अभाब भएपनि मुख्यमन्त्री कार्यालयमा भने पुग्ने गरी कर्मचारी व्यवस्थापन गरिएको प्रधानले बताए ।
पदभार पछि पत्रकारहरु संग बोल्दै मुख्यमन्त्री शाहीले देशको सम्वृद्धीको लागी आंफुले काम गर्ने बताए ।





प्रतिकृया दिनुहोस्