५ फागुन । नेकपा माओवादी केन्द्रले सांसदहरु नरेश भण्डारी र विमला केसीलाई प्रदेश ६ मा मन्त्री बनाउने निर्णय गरेको छ । केन्द्रले शनिबार मुख्यमन्त्रीका दाबेदार समेत रहेका जुम्लाका सांसद नरेश भण्डारी र रुकुम पश्चिमकी सांसद विमला केसीलाई सरकारमा पठाउने निर्णय गरेको हो।
वाम गठबन्धनबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाही यसअघिनै मुख्यमन्त्री बनेका छन् । नेकपा एमालेको तर्फबाट मन्त्रीमण्डलमा जाने ४ जनाको नाम भने अझैं टुंगो लाग्न सकेको छैन । एमालेले नाम दिन नसकेको कारण शुक्रबार गठन हुने भनिएको मन्त्रिपरिषद आइतबार विस्तार हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्