Birendranagar Municipality

सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको प्रधानमन्त्रीको भनाइ

सेरोफेरो
सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको प्रधानमन्त्रीको भनाइ

६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । नेकपा (एमाले)को कानुन विभागले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

 

न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने पनि उनले बताए । ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखमा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’

 

ओलीले देश राजीनितिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताएका छन् । उनका अनुसार देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकोले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिन्छ ।

२०७४ फागुन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्