५ फागुन । सुर्खेतमा चलिरहेको प्रदेश स्तरीय औधोगित व्यापार, कृषि र पर्यटन महोत्सवमा कलाकारहरुले दर्शकहरुको मन जितेका छन् । हजारौ दर्शकको माझमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुनले दर्शकलाइ नचाएकी छिन् ।
कार्यक्रमका अर्की चर्चित गायिका माण्डवी त्रिपाठीले आफ्ना प्रस्तुती मार्फत दर्शकलाइ मोहनी नै लगाएकी छन् । थुप्रै आधुनिक तथा चलचित्रका गितमा स्वर दिएकी त्रिपाठीले सुर्खेती दर्शको मन जितेकी छन् ।
चर्चित हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्रले दर्शक तथा कलाकारहरुलाइ पेट मिचिमिचि हाँसाएका छन् । उनले समसामयिक विषयमा दमदार प्रस्तुती पस्केका छन् । राजा राजेन्द्रले हरि विष्ट, टिका पुन, माण्डवी त्रिपाठीको गितलाइ समेत व्यङ्ग्य गर्दे दर्शकलाइ हँसाएका छन् ।
चर्चित लोक गायक कृण्ण रेउलेले समेत आफ्ना चर्चित गितहरु प्रस्तुत गरेका थिए । युवा गाएक शिव संगित र मोडेल करिश्मा ढकालको समेत उत्कृष्ट प्रस्तुती रहेको थियो ।
गायिका टिका पुन र माण्डवी त्रिपाठीले सुर्खेतका दर्शकहरुको उत्साह र सहभागीता देखेर आफुहरु समेत उत्साहीत भएको प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस्