Birendranagar Municipality

मुगुमा खेलमैदान बन्ने

सेरोफेरो/मुगु

६ फागुन । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव कुमार विष्टले चालु आर्थिक वर्ष मै मुगुमा सुविधा सम्पन्न खेलकुद मैदान बनाउने बताएका छन् । प्रदेश नम्बर ६ र ७ भ्रमणको क्रममा मुगुमा पुगेका विष्टले यो वर्षको वजेटमा मुगु जिल्लामा कभर्ड हल र सुविधा सम्पन्न खेल मैदान निर्माणको लागि आवश्यक वजेट विनियोजन गर्ने बताए । 

 

वर्षमा मुगु जिल्लामा खेलकूदका गतिविधी अवका दिनमा शुन्यःप्राय नहुने पनि विष्टको भनाई छ । खेलकुदको माध्यम बाट मुगु जिल्लालाई चिनाउन आवश्यक रहेको सदस्य सचिव विष्टको भनाई छ । उनले भने, कर्णाली प्रर्यटन खेलकूदको सम्भावनाको क्षेत्र भएकोले यसलाई यहाँको पर्यटन विकास र आर्थिक विकाससंग जोड्न सकिन्छ ।

२०७४ फागुन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्