Birendranagar Municipality

हुम्लाका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

रत्न भण्डारी (रबिन)/हुम्ला
हुम्लाका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

६ फागुन । चिसो समय लाई मध्यनजर गदै हिमाली जिल्ला हुम्लाका जेष्ठ नागरीकहरुलाइ न्यानो कपडा बितरण गरिएको छ । तापक्रम माईनस आठ डिग्री भएको बेला सिमकोट गाँउपालिका वडा नम्वर पाँचले आफ्ना वडा भित्रका जेष्ठ तथा एकल महिलालाई सो न्यानो कम्वल बितरण गरेको हो ।

 

उक्त कार्यक्रममा २९ जना जेष्ठ नागरिक, २६ जना एकल महिलालाई एक एक वटा कम्वल र ४ जना पुुर्ण अपाङ्ग नागरीकलाई कुुर्सी वितरण गरिएको हो । लक्षित वर्गको बजेट अन्र्तगतको साढे दुुई लाख बजेटबाट सो कम्वल बितरण गरिएको वडा सचिव धर्मराज रोकायाले बताए । कम्मल पाए पछि जेष्ठ नागरिकहरु निक्कै खुुसी देखिन्थे ।

 

२०७४ फागुन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्