६ फागुन । प्रदेश नं ६ मा आईतबार मन्त्रीपरिषद् विस्तार भएको छ । प्रदेश ६ का ६ जना मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री सहित ३ मन्त्री पाएको माओवादी केन्द्रले शनिबार मन्त्रीको टुङ्गो लगाएपनि नेकपा एमालेले भने आईतबार मात्रै मन्त्रीहरुको टुङ्गो लगाएको हो । सपथ ग्रहण लगतै मन्त्रीहरुले पदभार समेत ग्रहण गरेका छन् ।
आईतबार गठन भएको मन्त्रीपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादी केन्द्रका नरेश भण्डारी, आर्थिक मामीला मन्त्रीमा एमालेका प्रकाश ज्वाला नियुक्त भएका छन् । यसैगरी भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रीमा माओवादी केन्द्रवाट विमला केसीले सपथ लिएकी छन् ।
यसै गरी अन्य मन्त्रीहरुमा नेकपा एमालेबाट खड्क खत्री भौतिक पुर्वाधार विकास मन्त्री, नन्दसिंह बुढा उद्योग पर्यटन बन तथा वातावरण मन्त्री र दलबहादुर रावत सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश ६ की एक मात्र महिला मन्त्री विमला केसीले आफुले पाएको मन्त्रालय प्रत्यक्ष जनतासंग जोडिने भएकोले भुमी व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा काम गर्ने बताइन् ।
त्यस्तै आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरिब प्रदेशको रुपमा चिनिएको प्रदेश ६ को परिभाषानै बदल्ने बताएका छन् । उनले भने ‘अब हामी यो प्रदेशमा विकासको मुल फुटाएर अरु प्रदेशलाई पछि पार्दै अगाडि बढ्ने छौ ।’ प्रदेश ६ का बेरोजगार युवालाई रोजगारका अबसर दिलाउन सरकारको प्राथमिकता हुने बताए ।
विस्तारीत मन्त्रीपरिषदको बैठक यो समाचार तयार पार्दा सम्म जारी छ ।

प्रतिकृया दिनुहोस्