६ फागुन । प्रदेश ६ को पहिलो मन्त्रिपरिषद बैठकले प्रदेशको समृद्धिका लागि विभिन्न निर्णय गरेको छ । प्रदेश सरकार गठन भएलगत्तै आइतबार बसेको उक्त बैठकले यस प्रदेशलाई अर्गानिक प्रदेश बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले सरकारको प्रवक्तामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीलाई प्रवक्ता तोकेको छ । प्रवक्ता केसीका अनुसार मन्त्रीपरिषदका निर्णय यस्ता छन् ।
जनतासंग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने ।
वातावरणमैत्री हरित अर्थतन्त्र : प्रदेशको मूल मन्त्र, गरिब जनताको धन : जडिबुटी, बन्यजन्तु र बन जस्ता आकर्षक नाराका साथ विभागीय कार्यक्रमहरु अगाडि बढाउने ।
रैथाने बालीको संरक्षण गरी अगार्निक प्रदेशका आधार खडा गर्ने ।
भूउपयोग नीति निर्माण र बस्ती विकास व्यवस्था गर्ने ।
व्यावसायिक खेतीलाई प्रोत्साहन : उच्च मुल्य कृषि बस्तुको उत्पादन नाराका साथ कृषि कार्यक्रमहरु सञ्चालन गर्ने ।
लगानी भित्रयाउन वातावरण सृजना गर्ने ।
प्रत्येक गाउँपालिका/नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने ।
युवाहरुलाई स्वरोजगार बनाउन एक गाउँपालिका एक घरेलु उद्योग कार्यक्रम सञ्चालन गर्ने ।
जेष्ठ नागरिक देशदर्शन कार्यक्रम लागु गर्ने ।
हुम्ला र डोल्पामा सडक पुर्याउने ।
चीन जोड्ने तीन वटा नाका खोल्ने ।
समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम ।
यस्तै बैठकले सार्वजनिक लिखत प्रमाणीकरण कार्य सम्पादन निमावली २०७४ र कार्य विभाजन नियमावली स्वीकृत गर्नुका साथै सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो ।
प्रतिकृया दिनुहोस्