Birendranagar Municipality

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट खेलाडी

सेरोफेरो

७ फागुन । आगामि मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। आइतबार घोषणा भएकोे १५ सदस्यीय उक्त टोलीलाई कप्तान पारस खड्काले नेतृत्व गर्नेछन् ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा हालै नामिबियामा सम्पन्न डिभिजन टु खेलेका खेलाडीहरुले नै स्थान पाएका छन् । स्पिनर ललित नारायण राजवंशीले भने पहिलोपटक नेपाली टोलीमा स्थान बनाएका छन्।

 

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। भने स्कटल्याण्डसँग मार्च ८, अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ ।प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ।

 

नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करण केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दिलीप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल
ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी

सुनिल धमला
किशोर महतो
सिधान्त लोहनी
बिनोद भण्डारी

२०७४ फागुन ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्