Birendranagar Municipality

बृहत् बाम एकता सम्पन्न : नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी

सेरोफेरो
बृहत् बाम एकता सम्पन्न : नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी

८ फागुन । दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको छ । सोमबार राती बसेको पार्टी एकता संयोजन समितिको बैठकले ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी पार्टी एकता कार्य सम्पन्न गरेको हो । नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको छ भने माक्र्सवाद र लेनिनवादलाई पार्टीको सिद्धान्तको रुपमा अंगीकार गरिएको छ । 

 

एमाले अध्यक्ष केपी ओली र केन्द्रका अध्यक्ष प्रचण्ड लगायत संयोजन समितिका सदस्यहरु एमालेका झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र इश्वर पोखरेल तथा केन्द्रका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

 

नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तरगत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासमा दुबै दलको समान धारणा रहेको सहमतिपत्रमा उल्लेख छ ।

 

आगामि महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा भव्य रुपमा सम्पन्न गर्नेमा दुवै दलले सहमति जनाएका छन् । नेतृत्वबारे भने सहमतिपत्रमा केही उल्ल्ेख छैन । यद्धपी दुबैै दलका अध्यक्ष नेकपाको अध्यक्ष बन्ने भद्र सहमति भएको बताइएको छ ।

 

यस्तो छ सहमति पत्र

party ekta

२०७४ फागुन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्