२५ बैशाख, सुर्खेत- नेकपा एमाले भेरीगंगा नगर कमीटी सुर्खेतले आफ्नो घोषणा पत्र आज सार्वजनिक गरेको छ । घोषणपत्रमा कृषी, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र व्यापारमा बिकास गर्दै सामाजिक, आर्थिक रुपान्तरण सहितको समृद्ध नगर निर्माण गर्ने संकल्प सहितको १९ बँुदा रहेको छ ।
दुइ बर्षमा भेरीगंगालाइ उज्यालो शहर बनाउने योजना सहीत नगर विकासका लागि स्थानिय तहमा गरीवी, कुपोषण, अशिक्षा, असाक्षरता, आधारभुत शिक्षा, स्वास्थ्य र खानेपानी सुविधाबाट वञ्चित, लौङ्गिक असमानता आदीको अन्त्य गरि समावेसी आर्थिक बृद्धि, मर्यादित रोजगारी, आधारभुत पुर्वाधारको विकास, व्यवस्थित सहरी विकास र अन्वेषणमा आधारीत औद्योगीकीकरणको लागि विकास गरिने लगायतका बुदा घोषणापत्रमा समेटिएको छ ।
प्रतिकृया दिनुहोस्