८ फागुन । यही फागुन १७ गतेदेखि १९ गतेसम्म तीन दिने युवाहरुको सम्मेलन मुगुको रारा तालमा हुने भएको छ । राराको पर्यटन प्रबद्र्धन र कर्णालीको सस्कृतिको पहिचान अन्तर्राष्ट्रिय स्तरमा झल्काउन युवाहरुको सम्मेलन हुन लागेको हो ।
प्रदेश नम्बर ६ को प्रमुख प्रर्यटकिय केन्द्र रारामा युवाहरुमा भाइचारा बृद्धि गरी सामाजिक कार्यमा सक्रिय गराउने, प्राकृतिक सुन्दरता र कर्णाली अञ्चलको स्थलगत अवलोकन उद्देश्यले सम्मेलन आयोजना गर्ने तयारी गरिएको हो । अन्तर्राष्ट्रिय तथा बाह्य पर्यटन प्रवद्र्धन र पश्चिम नेपालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने सम्मेलनको उद्देश्यका साथ युवाहरुको सम्मेलन हुने लागेको आयोजक लियोका रिजन को–अर्डिनेटर शिशिर सापकोटाले बताए ।
लियो डिस्ट्रिक्ट काउन्सील ३२५ बी–२ र नेपाल रिजन–१० अन्तर्गतका चारवटा लियो क्लबहरुको आयोजनामा ‘लियो अन्तर्राष्ट्रिय रारा युथ क्याम्प २०७४’ हुने भएको हो । सम्मेलनको क्रममा ले राराको नेपाल राष्ट्रिय निमावि मुर्माका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण, विद्यार्थीहरुमा स्वास्थ्य चेतना, स्थानीय सरकारका प्रतिनिधिहरुसँग राराको प्रवद्र्धन र कर्णालीका समृद्धिका सम्भावनाका विषयमा अन्तरक्रिया गरिने भएको छ ।
यस्तै, कर्णालीका सांस्कृतिक पहिचान बाकेका लोक झाँकी, देउडा, घोडचढी, जैविक उत्पादनको समेत अवलोकन गर्ने र रारा परिसरमा योग शिविर र कवि गोष्ठीको आयोजना समेत गरिने क्याम्प व्यवस्थापनका संयोजक विवेक श्रेष्ठले जानकारी दिए । र नेपालगंजमा आयोजित पत्रकार सम्मेलनको फागुन १७ गते बिहान नेपालगन्जमा युथ क्याम्पको उद्घाटन हुनेछ भने त्यस पछि आयोजक सहितको टोली मुगु पुग्नेछ ।
सम्मेलनको क्रममा अन्तर्राष्ट्रिय स्तरमा कर्णालीलाई पहिचान गराउनुका साथै कर्णालीको विकटता र समस्याका विषयमा उजागर गरी कर्णालीको सम्भावना पहिल्याउन क्याम्पले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएको छ । नेपालगंजमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको नेपालगंजबाट पत्रकार गोविन्द देवकोटाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्