९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको छ । प्रदेश स्तरीय महोत्सव मूल आयोजक समितिको आयोजनामा बुधबार उक्त खेल भएको थियो ।
कलाकार, व्यापारी तथा पत्रकारहरुको विभिन्न समूहमा खेलिएको उक्त प्रतियोगितामा कलाकारको टोलीले जीत हात पारेको छ । लिगको अन्तिम खेलमा कलाकार र व्यावसायीबीच प्रतिस्पर्धा भएको थियो ।
सुर्खेतको एकमात्र फुटसल मैदान एमएनएस फुटसल सेन्टरमा उक्त प्रतियोगिताको अयोजना गरिएको थियो । खेलमा कलाकारका तर्पmवाट नृत्य निर्देशक एवं नृत्यकार शंकर विसी, नृत्य निर्देशक चन्द्र मन्दिर, कलाकार हरि विष्ट, डम्बर नेपाली, नेत्र जी पन्त लगायतले सहभागिता जनाएका थिए । त्यस्तै, पत्रकारहरुको टोलीमा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेल, सचिव सुदिप पुरी, खेलकुद पत्रकार मञ्च सुर्खेत शाखा अध्यक्ष भानुभक्त अधिकारी, सेरोफेरोका कमल लम्साल, सुवर्ण शाही, निर्मल प्याकुरेल, सुजन थापा लगायत थिए ।
इनडोर गेम भएकाले पनि पछिल्लो समय फुटसलप्रति आकर्षण बढ्दो छ ।
प्रतिकृया दिनुहोस्