९ फागुन । विद्यालयस्तरीय पाठ्यक्रममा रहेका समस्या पहिल्याई समय सान्दर्भिक बनाउन छलफल शुरु भएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा पाठ्यक्रम विकास केन्द्रले जिल्ला शिक्षा कार्यालयको समन्वयमा यस्तो छलफल चलाएको हो ।
जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले पाठ्यपुस्तकमा भएका समस्याहरु पहिचान हुन नसक्दा पाठ्यक्रममा सुधार हुन नसकेको बताए । यसका साथै पढाउने शैलीमा समेत परिवर्तन ल्याउनुपर्ने उनको सुझाव छ । यस्तै वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले ६ प्रदेशको समग्र विकासका लागि उपयोगी तथा सीपमुलक शिक्षामा जोड दिनुपर्ने बताइन् ।
शिक्षा मन्त्रालयका उपसचिव तेजेन्द्र कुंवर को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाठयक्रम विकास केन्द्रका उपसचिव पुष्प ढकाल, विभिन्न वडाका वडा अध्यक्ष लगायत श्रोत व्यक्ति तथा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस्