फागुन १० । संघीय नेपालमा १८ मन्त्रालय रहने भएकाे छ । सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रले संघमा १८ वटा मन्त्रालय बनाउने समझदारी गरेका हुन्।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरुक बैठकले उक्त निर्णय गरेकाे हाे । हाल कायम रहेका ३१ मन्त्रालय गाभ्ने काम प्रधानमन्त्री तथा मन्त्रिपिरषदकाे कार्यालयले गरेपश्चात् मन्त्रिमण्डल विस्तार गर्ने पनि समझदारी भएको नेता देवेन्द्र पाैडेलले बताए।
बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक्लाएक्लै बैठक गरेका छन्। पौडेलका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या पारित गर्नेछ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा १५ मन्त्रालय सिफारिश गरेको थियो। संविधानले संघीय सरकारमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ।
प्रतिकृया दिनुहोस्