Birendranagar Municipality

दैलेखमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

सेरोफेरो
दैलेखमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

१० फागुन । दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाईते भएका छन् । दैलेख सदरमुकामदेखी माहाबु गाउपालिकाको गैंडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा बिहिबार दुर्घटना भएको हो ।

 

लु १ ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए । मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रम शाही, महाबु गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र सुर्खेतका तिलक ढकालको ज्यान गएको डीएसपी पौडेलले जानकारी सेरोफेरोलाई बताए ।

 

यस्तै घाईते हुनेहरुमा नारायण नगरपालिी २ दैलेखका रमेश कुमार थापा, कालीकोट तिलागुफाका गणेश शाही, माहाबु १ खरीगैरा दैलेखका कर्ण बहादुर मल्ल, र माहाबु ५ कासिकाँधका एकेन्द्र शाही रहेका छन् । जीपमा चालकसहित ९ जना सवार थिए । उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको छ ।

२०७४ फागुन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्